गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी नियुक्त

पोखरा, चैत २५ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।
आइतबार बिहान मुख्यमन्त्रीमा गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेशप्रमुख भट्टले अधिकारीलाई संविधानको धारा १६८ ९२० बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिएका थिए ।
अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।
प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार