संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौँ, चैत ३० । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार