भारतीय ‘थिंक ट्यांक’ को निष्कर्ष : नेपाल चीनसँग नजिक हुँदै



काठमाडौं, पुस २२
भारतको एक अग्रणी थिंक ट्यांकले सार्क सदस्य राष्ट्रहरु त्यसमा पनि विशेषगरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्ष निकालेको छ ।

भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको अध्ययन प्रतिवेदनमा सार्क सदस्यहरुको भारतसँग भन्दा पनि चीनसँग बलियो दुई पक्षीय सम्बन्ध रहेको उल्लेख छ ।

संस्थाका मुख्य हर्ताकर्ता नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरण हुन् । अध्ययन प्रतिवेदन बुधबारमात्र सार्वजनिक गरिएको हो ।

संस्थामा सिनियर फेलोका रुपमा कार्यरत जयश्री सेन गुप्ताले सार्कबारे तयार पारेको प्रतिवेदनमा सार्क मुलुकहरुमध्ये पनि विशेष गरी नेपालमा चीनको प्रभाव बढेको उल्लेख छ।

आलेखमा भनिएको छ, ‘नेपाल विशेषगरी चीनसँग नजिक हुँदै गएको छ र नेपालमा चीनले ठूलो मात्रामा लगानी गरिरहेको छ’ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News