सेवा निवृत्त इन्जिनियरको शुभकामना कार्यक्रममा अध्यात्मको चर्चा


 


काठमाडौँ, २१ वैशाख । नयाँ वर्ष २०८१ को अवसरमा आयोजित ‘भेटघाट तथा शुभकामना आदान–प्रदान’ कार्यक्रममा अध्यात्मको चर्चा गरिएको छ ।
कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक रमेश नेपालले ‘मानिसको जीवनमा सुख र शान्ति अध्यात्मबाट मात्र सम्भव छ हुने बताउनुभयो ।
कार्यक्रममा सुख, शान्ति र अध्यात्मका विषयमा बोल्दै नेपालले आफुसँग जे छ त्यसको बोध गर्नु र त्यसलाई आफ्नो र सर्वकल्याणका लागि प्रयोग गर्नु नै अध्यात्म भएको स्पष्ट पार्नुभयो । अध्यात्मले जीवन जतिदिन बाँचिन्छ त्यति समय खुसी र स्वस्थ्य भएर बाँच्न सिकाउने बताउनुभयो ।
कार्यक्रममा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७८ वर्ष नाघेका ७४ जना इञ्जिनियरलाई दोसल्ला र करदपत्रद्वारा सम्मान गरिएको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा जीवराज पोखरेलले ती सम्मान वितरण गर्नुभयो । डा पोखरेलले गीत प्रस्तुत गरेर उपस्थित इञ्जिनियरलाई मनोरञ्जनसमेत दिनुभयो ।

राष्ट्र निर्माणमा इञ्जिनियर पेशाको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै यस क्षेत्रमा योगदान गर्ने वरिष्ठ इञ्जिनियरलाई सम्मान गरिएको नेपाल इञ्जिनियरर्स एशोसिएसनका पूर्वअध्यक्ष इञ्जिनियर किशोर शाक्यले बताउनुभयो । उहाँका अनुसार सेवा निवृत्त इञ्जिनियरको पहलमा वरिष्ठ इञ्जिनियरलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्