राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालले दिए राजीनामा

काठमाडौं, वैशाख ३० । राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर उनले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार स्वीकृत गरेको जानकारी दिएको छ ।
नेपालको चुच्चे नक्सा १ सयको नोटमा राख्ने निर्णय अनुचित भएको प्रतिक्रिया दिएपछि उनी विवादमा तानिएका थिए ।
सरकारले नेपालको चुच्चे नक्सा १ सयको नोटमा राख्न राष्ट्र बैंकलाई अनुमति दिएको थियो ।
प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार