एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं, जेठ २ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।
संघीय संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो सुरु भएको बैैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरिने छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्नेछन् ।
सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेका छन् ।
उक्त नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल गरेर ९ जेठमा पारित गर्ने गरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ ।
प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार