कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी


 


काठमाडौं, जेठ ३ । ललितपुर कुपन्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी कार्यालयमा आगलागी भएको छ ।

सहकारीमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । राष्ट्रिय सहकारी बैंक अध्यक्षसमेत रहेका केबी उप्रेती अध्यक्ष रहेको सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न बचतकर्ताबाट उजुरी संकलन गरिरहेको छ ।

बिजुली महसुल नतिरेको भन्दै सहकारी कार्यालय रहेको चौथो तलाको लाइन काटिएको छ । लाइन काटिएको सहकारी कार्यालयमा कसरी आगलागी भयो भनेर अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

ललितपुर प्रहरीको अनुसार चौथो तलामा रहेको सहकारी कार्यालय बन्द अवस्थामा थियो ।

तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी सहित पाँच संस्था मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । मर्ज भए पनि पाँच संस्थाको एकीकृत कारोबार भएको छैन ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्