बाजुरामा एक महिलाको हत्या

बाजुरा, जेठ ८ । बाजुराको बडिमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवालको हत्या भएको छ ।
कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी उनी सोमबार विहान हत्या गरिएको अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बाजुरा प्रहरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीका अनुसार धौलीको टाउको र अनुहारमा गम्भीर चोट देखिएको छ ।
प्रारम्भिक अनुसन्धानमा कुटपीटबाट धौलीको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । पोस्टमार्टमपछि भजाइनल स्वाब पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी छ ।
धौलीका श्रीमान नन्द बडुवालको २४ वर्ष पहिला नै मृत्यु भइसकेको छ । उनी छोरीसँग बस्दै आएकी थिइन् । शारीरिक अपांगता भएकी उनकी छोरी आएका बेला उक्त घटना भएको हो ।
प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार