श्रीमतीको हत्या गरेको आरोपमा युवक पक्राउ


 


रौतहट, असार ४ । श्रीमतीको हत्या आरोपमा रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले श्रीमती ३७ वर्षकी नजाबुन नेसाको घाटी थिचेर हत्या गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनकी श्रीमती नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो ।

मसुदले श्रीमतीको घाटी थिचेको उनकै छोरीले समेत पुष्टी गरेकी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए ।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेको उपरीक्षक घिमिरेले बताए । हत्या आरोपमा अनुसन्धानका लागि मसुदलाई हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: ४ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्