दुर्घटनामा सातजना घाइते



दोलखा, माघ ४

लाकुरीडाँडा गाविस–८ आहालेडाँडामा मंगलबार जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौंदेखि सदरमुकाम चरिकोटतर्फ जाँदै गरेको ना १ ज ४९७८ नम्बरको जिप दुर्घटना हुँदा गैरीमुदी गाविस–७ विमला पाख्रिन र मोहनबहादुर तामाङ, मिर्गे–१ का साइना तामाङ, भेड्पु गाविसका सुजन लामा र उषा तामाङ तथा शैलुंगेश्वर–६ विकास लामा र पवित्रा तामाङ घाइते भएका छन् ।

विपरीत दिशाबाट आउँदै गरेको बसलाई बाटो दिँदा उक्त जिप दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । घाइतेलाई उपचारका लागि चरिकोटस्थित सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News