संशोधनपछि मात्रै स्थानीय निकायको निर्वाचन मिति घोषणा हुन्छ-देउवा



भरतपुर , माघ ७

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट संविधान संशोधन विधेयक पारित भएपछि मात्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुने प्रतिक्रिया दिएका छन्।

चितवनको भरतपुरमा शुक्रवार प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संशोधन पारित भएलगत्तै निर्वाचनमा होमिने जनाए। देउवाले नागरिकको मतको कदर गर्न प्रमुख प्रतिपक्षी दल एमाले चुक्न नहुने बताए।

मुलुकलाई निकास दिन दलहररू मिलेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए। उनले स्थानीय निर्वाचनपछि मात्र सरकार परिवर्तन हुने संकेत गरे।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News