सिराहाबाट २९० किलो गाँजा बरामद


 


सिराहा । सिराहा प्रहरीले कर्जन्हा नगपालिका ११ बाट आइतबार दुई सय ९० किलो गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलको झाडीमा लुकाइराखेको अवस्थामा रहेको १९ पोकामा रहेका दुई क्विन्टल ९० केजी गाँजा बरामद गरेको हो ।

यसअघि गत शुक्रवार पनि दुई क्विन्टल १७ किलो गाँजा बरामद भएको थियो । गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासँगै कारोबारमा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए ।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्