पृथ्वी जीव लोप हुने नयाँ चरणमा प्रवेश


 


असार ५, एजेन्सी ।

पृथ्वी जीव लोप हुने नयाँ चरणमा रहेको एक अध्ययनले देखाएको छ । अमेरिकाका तीन वटा विश्वविद्यालयको अध्ययनले पृथ्वीमा पछिल्लो चरणमा देखिएको संकट ६ करोड बर्षअघि अगाडीको जस्तै रहेको रहेको देखाएको हो ।

अस्तित्वमा रहेका ठूला जीव समाप्त हुने यस्तो अवस्था साढे ६ करोड बर्ष पहिले डायनोसर पृथ्वीबाट लोप भएको समयमा आएको थियो । स्टेनफोर्ड, प्रिन्सटन र बर्क विश्वविद्यालयले गरेको अध्ययनमा मेरुदण्ड हुने जीव समाप्त हुने दर अहिले सामान्यभन्दा १ सय १४ गुणा बढी रहेको भन्दै पहिलो विनाश मानव जातीमा हुने चेतावनी दिइएको छ ।

यस्तै अवस्था कायम रहे पृथ्वीमा जीवन आउन पुन: लाखौं बर्ष लाग्नसक्ने प्रमुख सोधकतर्था गेरार्डो सेबालोसले बताएका छन् । सन् १९०० यता मेरुदण्ड भएका ४ सय प्रजातीका जीव पृथ्वीबाट लोप भइसकेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

जसअनुसार प्रत्येक बर्ष कम्तिमा ५० जीव पृथ्वीबाट लोप भइरहेका छन् । यस्तो ठूलो क्षती सामान्यतयया १० हजार बर्षको अन्तरालमा देखिनुपर्ने बैज्ञानिक बताउछन् । जलवायु परिवर्तन, प्रदुषण र जंगलको विनास जस्ता कारणले पृथ्वीमा संकट आउन लागेको अनुसन्धानमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्