विद्यार्थी बोकेको बस दुर्घटना, एकको मृत्यु



तनहुँ, माघ २०

तनहुँको व्यास–८ सिर्दीमा विहीबार बिहान विद्यार्थी सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन् । दुर्घटनामा तनहुँ, व्यास–९ का हर्कसुर कामीको मृत्यु भएको हो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

तनहुँको छबिसेबाट दमौली आउँदै गरेको ना१ख ३२८८ नम्बरको बस ट्रकलाई ओभरटेक गर्नेक्रममा दुर्घटना भएको जनाइएको छ । गम्भीर घाइते तनहुँ, जामुने–१ की चिजा थापालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

अरु गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि पोखरा पठाइएको र बाँकीको दमौलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयन तनहुँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News