ठमेलबाट ३७ जना बङ्गलादेशी नागरिक पक्राउ



काठमाडौँ, माघ २३

ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका उनीहरुको साथमा राहदानीलगायत कुनै कागजात छैन ।

प्रारम्भिक अनुसन्धानबाट बङ्गलादेशबाट भारत हँुदै नेपाल आएका उनीहरुले नेपालमा सिलाइकटाइको काम गर्दै आएका थिए ।

प्रनाउ राठौरले भन्नुभयो, “उनीहरुको अन्तिम लक्ष्य नेपालको नागरिकता र राहदानी बनाएर विदेशमा रोजगारीका लागि जाने देखिन्छ । पक्राउ परेकामा १९ वर्षदेखि ३४ वर्षसम्मको उमेरका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News