नेपाल प्रहरीका दुईजना डीआईजी एआईजीमा बढुवा
काठमाडौं १३ कात्तिक । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) किरण राणालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गत आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो ।
बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् ।
प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् ।
प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार