दुर्घट्नामा एक जनाको मृत्यु



रुपन्देही, माघ २७

रुपन्देहीमा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु २ ख ७८५ नम्बरको बसले तिलोत्तमा नगरपालिका–१६ भूपुसैनिक टोलमा ठक्कर दिँदा नवलपरासी सुनवल–१० का ६४ वर्षका दुर्गाबहादुर कुवँरको मृत्यु भएको हो ।
साइकलमा बाटो काट्दै गरेका कुवँरलाई बसले ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News