बाजुराको स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी
बाजुरा, मंसिर १७ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन् ।
भण्डारी १७४० मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । भण्डारीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले १४७४ प्राप्त गरेकी छिन् । कूल ७४६० मतदातामध्ये ३९०३ मत खसेको थियो ।
निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् ।
गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार