नेपाल पत्रकार महासङ्घ भाजपुरको अध्यक्षमा सुवेदी


 



भोजपुर, २९ मङ्सिर । नेपाल पत्रकार महासङ्घ भोजपुर शाखाको अध्यक्षमा ध्रुब सुवेदी निर्वाचित हुनुभएको छ । उहाँ देशको न्युजका प्रधान सम्पादक हुनुहुन्छ ।
निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार सुवेदीले २२ प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुन बस्नेतले २१ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा शारदा तामाङ २२ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी बुद्धप्रसाद तामाङले २१ मत प्राप्त गर्नुभयो । यस्तै महिला उपाध्यक्षमा कविता खडका र सरिता सुनुवारले बराबर २१ मत प्राप्त गर्नुभयो । चिट्ठाद्वारा सुनुवार विजयी हुनुभयो ।
सचिवमा २३ मत ल्याएर विवेक राई विजयी हुँदा गोकुल भुजेलले २० मत पाउनु भयो । यस्तै सहसचिवमा प्रमित सिप्तुङ र अर्जुन राई, कोषाध्यक्षमा गणेश तामाङ, सदस्यमा विमला बस्नेत, बविता मोक्तान र थिरलाल विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
यस्तै केन्द्रिय परिषद् सदस्यमा अवतार राई र युवराज विष्ट साथै प्रदेश परिषद् सदस्यमा प्रदिपचन्द्र राई, मोहन दुराल र सरिता राई निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्