रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौं, पुस १२ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ ।
बैठक दिउँसो ३ बजेबाट वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी बारे छलफल हुने बताइएको छ ।
यता, सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टीका सभापति रविको बयान आज पनि जारी छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा मुद्दा दर्ता भएपछि रविको बयान थालिएको हो ।
प्रकाशित मिति: १२ पुस २०८१, शुक्रबार