आज यी प्रदेशमा हिमपातको सम्भावना


 


काठमाडौं, पुस १४ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि बदली भएको मौसम आइतबार (आज) देखि सुधार हुँदै जाने भएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनीमा कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भन्दै सावधान रहन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: १४ पुस २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्