तीन किलोभन्दा बढी गाँजासहित एक महिला पक्राउ


 


जनकपुरधाम, पुस १४ । महत्तरीमा तीन किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन् ।

गौशाला नगरपालिका–४ रजखोरटोल बस्ने ४० वर्षीया विभादेवी महतोलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

आफ्नै घरमा गाँजाको पुरिया बनाइ बिक्री–विरतण गरी रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा कालो रंगको प्लाष्टिकको झोलामा लुकाएर राखेको ३ किलो २५० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ पुस २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्