कस्तो रहला आजको मौसम ?
काठमाडौं, पुस १८ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा आज तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिको समयमा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्र मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार