एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं, पुस १८ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।
बैठकमा पुस २१ र २२ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय कमिटीको बैठकका बारेमा छलफल हुनेछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार