माओवादी केन्द्रको स्थायी समिति बैठक सर्यो


 


काठमाडौँ, पुस १८ । आज बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उपमहासचिव मातृका यादवले जानकारी दिए ।

यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । तीन दिनसम्म चल्ने बैठक शनिबार सकिनेछ ।

यसपछि आइतबारदेखि केन्द्रीय समिति बैठक सुरु हुने माओबादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्