टर्कीका सैनिक महिलाले बुर्का लगाउने पाउने



एजेन्सी, फागुन १२

टर्कीका सैनिक महिलाले अब बुर्का लगाउन पाउने भएका छन् । टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेकोमा सरकारले यो प्रतिवन्ध फुकुवा गरेको हो । सरकार बुर्काको रंग बर्दिकै जस्तो हुनुपर्ने र टोपीभन्दा भित्र लगाउन सक्ने तर अनुहार भने छोप्न नपाइने व्यवस्था गरेको हो ।

सरकारले नयाँ नियम बनाए पनि यो टर्कीको राजपत्रमा प्रकाशित भएपछि मात्रै लागु हुने बताइएको छ । बर्षौंदेखि पक्ष र विपक्षमा बहस भइरहेको यो विषयमा टर्की सरकारले बुर्कामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । धर्म निरपेक्षताका पक्षधरले बुर्का धार्मिक रुढीबादीको प्रतिक भएको आरोप लगाउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News