एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


 


काठमाडौं, पुस २२ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज (सोमबार) पनि बस्दैछ ।

एमाले केन्द्रीय कमिटीको आठौं बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदन तथा पार्टी निर्णय र सरकारको काम कारबाहीबारे बोलेका थिए ।

प्रकाशित मिति: २२ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्