एमाले सचिवालय बैठक बस्दै, बामदेवबारे छलफल हुने

काठमाडौं, माघ ८ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने भएको हो ।
एमालेले सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सचिवालय बैठकले एमालेमा प्रवेश गर्न लागेका नेता वामदेव गौतमलाई दिने जिम्मेवारीका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार