मन्त्री सिंह सवार गाडी दुर्घटना


 


धनुषा, माघ ८ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटनामा परेको छ ।

मन्त्री चढेको मधेश प्रदेश ०२–००१ झ–०१६५ नम्बरको गाडी गएराति पर्सास्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३–००१ झ–००९६ नम्बरको अर्को सरकारी गाडीमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटना राति करिब साढे नौ बजे जनकपुरको रामानन्द चोकमा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मन्त्री सिंह घाइते भएका छन् ।

उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्पाइनल हड्डीमा चोट लागेको छ ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्