जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक


 


काठमाडौँ, माघ ८ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

बैठक यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बोलाइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित अनिवार्य उपस्थित हुन भनिएको छ ।

बैठकमा समसामयिक राजनीतिक, पार्टीले सञ्चालन गरेको संगठन निर्माण अभियानलगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्