प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाई


 


काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेका डानाल्ड ट्रम्पलाई बधाइ दिएका छन् ।

उनले सोमबार राति ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिए ।

प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छ । हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउन म प्रतीक्षारत छु ।’

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्