प्रधानमन्त्री ओलीद्धारा सगरमाथा संवादको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन्।
अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको शुभारम्भ गरेका हुन्।
सगरमाथा संवाद कार्यक्रम आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुनेछ । सरकारले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ।
प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको भन्ने विषयमा सम्बोधन गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार