राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि


 


काठमाडौँ, माघ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

केन्द्रीय समिति बैठकका लागि हिजो (बिहीबार) बसेको केन्द्रीय कार्य सम्पादन समितिले एजेन्डा तय गरेको छ । सो बैठक भोलिसम्म जारी रहने जनाइएको छ ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारीलगायत विविध एजेन्डामा छलफल हुने प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्