आज कस्तो रहला देशभरको मौसम ?


 


काठमाडौँ, माघ २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज देशका पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

तराईका धेरै स्थानमा हुस्सु÷ कुहिरो लाग्ने छ, भने दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानमा लाग्ने हुस्सु÷कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानमा लाग्ने हुस्सु÷कुहिरो मध्याह्न सम्ममा सुधार हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्