त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ कि ५८ वर्षीया मैयाँ तामाङ गुरुङ छिन् । उनलाई सोमबार दिउँसो विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।
उनीबाट सुनको रिङ १६ थान, टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार