गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारी पक्राउ


 


झापा, माघ २३ ।  प्रहरीले गोली प्रहार गरी कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डबाट
दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । 

प्रहरीले मङ्गलबार राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरेको हो ।

 
गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उनले बताए । 

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । 
उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।  

उनीहरुको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए ।

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्