चितवन अदालतमा उपस्थित भए रवि लामिछाने

चितवन, माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित भएका छन् ।
साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत ठगीविरूद्ध मुद्दा दर्ता भएपछि मंगलबारनै चितवन पुगेका लामिछाने आज अदातलमा उपस्थित भएका हुन् । अदालतमा आजैदेखि उनको बयान सुरू हुनेछ ।
मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।
१२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ ।
गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुवै मुद्दा चलाइएको छ भने गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दामात्रै चलाइएको छ ।
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार