राष्ट्रिय किताबखानामा शिक्षामन्त्री भट्टराईले गरिन् अनुगमन


 


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय किताबखानाको अनुगमन गरेकी छिन् ।

ताहाचलस्थित किताबखानाको कार्यालयमा शिक्षामन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन्।

शिक्षकहरूले पेन्सनपट्टा बनाउनका लागि दुःख पाएको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई बुधबार आफैं किताबखाना पुगेकी थिइन् ।

पेन्सनपट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशमा नयाँ व्यवस्था भएकाले सोही अनुसार कार्य अघि बढाउन शिक्षामन्त्री भट्टराईले कर्मचारीहरूलाई आग्रह गरेकी छिन् ।

किताबखानामा आएका समस्याहरू अड्काउने काम भएको भन्दै शिक्षामन्त्री भट्टराईले त्यस्तो नगर्न आग्रह गरिन्।

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्