सुनको मूल्य घट्यो, कति छ तोलाको ?
काठमाडौं, फागुन २७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँ कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार ९ सय ७० रुप्रयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलबार
















