सुनचाँदीको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौं । नेपाली बजारमा हिजो (बुधबार) अघिल्लो दिनको तुलनामा सामान्य बढेको सुनको मूल्य आज (बिहीबार) थप बढेको छ ।

सुन आज तोलामा तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँ पुगेको छ ।

सुन हिजो अघिल्लो दिनको मूलनामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्