सुनको मूल्य आज ह्वात्तै बढ्यो, कति पग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

सुन आज तोलामा एक हजार चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्