शिवम् सिमेन्ट १७औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेड १७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित भएको छ ।
यहि मिति २०८१ चैत्र २१ गते काठमाडौंमा कर्पोरेट खबरद्वारा आयोजित कर्पोरेट बिजनेस अवार्ड २०२५ कार्यक्रम मार्फत शिवम् सिमेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको थियो ।
उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जस मध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई १७औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित गरिएको हो ।
यसरी उत्कृष्ट उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भइसकेको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।
प्रकाशित मिति: २० चैत्र २०८१, बिहिबार
















