सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौं, चैत २८ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

आज सुन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो (बधुबार) सुन प्रतितोला एक लाख ७५ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो । त्यसपछि क्रमश घट्दै गएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलाको एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्