गर्भवती महिलाले वाईफाई चलाउनु हुन्छ कि हुँदैन् ?


 


के वाईफाई चलाउँदा गर्भवती महिला र उनको पेटमा रहेको बच्चालाई असर गर्छ ?

चीनमा दुई कम्पनीवीच पछिल्लो हप्ता चुलिएको ‘मिडिया वार’ पछि यतिबेला गर्भवती र वाईफाईको चर्चा संसारभर छाएको छ ।

हालै चीनमा एउटा कम्पनीले वाईफाईका लागि जडित राउटरमार्फत् उत्र्सजन हुने विकिरणले गर्भवती आमा र बच्चालाई असर गर्ने भन्दै त्यसबाट सुरक्षित हुने राउटर आफुले बनाएको दावी गर्‍यो ।

चीहू ३६० ले ल्याएको डिभाइसमा तीन सेटिङ छ । कम्पनीको वेबसाइटमा बताइए अनुसार यसमा वाल पेनेट्रेशन, ब्यालेन्स र पि्रग्नेन्ट वुमन गरी तीन प्रकारको मोड सेट गरिएको छ । तेस्रो सेटिङको माध्यमबाट राउटरमा हुने विकिरण उत्सर्जनलाई सतप्रतिशत कम गर्न सकिने उसको दावी छ ।

तर, चीनको प्रमुख प्रविधि कम्पनी तथा बिश्वको तेस्रो ठूलो मोबाइल उत्पादक साओमीले वाईफाईबाट गर्भवतीलाई असर हुने त्रास फैलाइएको भन्दै चिहूको आलोचना गरेको छ ।

शिओमीले सामाजिक सञ्जाल वाइबोमा भनेको छ, कथित पि्रग्नेन्सी मोड एक मार्केटिङ तरिका मात्र हो । वाई फाई प्रयोग सुरक्षित छ । त्यसैले यसलाई प्रयोग गर्दा ढुक्क हुनुस् ।’

शिओमीले हालै मात्र एक नयाँ राउटर लन्च गरेको थियो । जसमा ६ टेराबाइट्स स्टोरेज र आईपीड क्षमता छ । तर, पि्रग्नेन्सी वुमन सेटिङ छैन ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार चीहू पी १ लन्चको समयमा चिफ एक्जुकेटिक झोउ होंगीले रेडिएसनबाट डर भएकाहरुलाई लक्षित गरेर यो राउटर ल्याइएको बताएका छन् ।

के साँच्चै असर गर्छ ?

वाई फाई जस्तो इलेक्ट्रोम्याग्नेटिक सिग्लनले मानिसको स्वास्थ्यमा असर गर्ने नगर्नेबारे विवाद छ । लिकम्यूनिकेशन उपकरणमा हुने कम स्तरको गैर आयनिक रेडिएशनले खास असर नगर्ने मानिन्छ ।

अमेरिकास्थित द बेबीसेफ वाइयरलेस प्रोजेक्टका अनुसार वायरलेस रेडिएशनले गर्भवती महिला र उनको गर्भमा बढिरहेको बच्चालाई कुनै खतरा हुँदैन ।

तर, विश्व स्वास्थ्य संगठनले अहिलेसम्म भेटिएको प्रमाणका आधारमा गर्भवतीलाई वाईफाईले असर गर्ने दाबीलाई समर्थन गर्न नसक्ने बताएको छ ।

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्