चिनेको भन्दा किनेको पक्का



संकेत कोइराला
स्वर्गको एक भव्य रेष्टुराँमा एकदिन विचित्रको घट्ना घट्यो । त्यसदिन त्यस भव्य रेष्टुराँको दायाँ दिशातिर एउटा कुनामा यस जगतका तीन महापुरुषहरु गौतम बुद्ध, कन्फ्यूसियस र लाओत्से एउटा टेबल घेरेर बसेका थिए ।

यी तीन महामानवहरु स्वर्गको सर्वोत्तम कफीको चुस्की लिँदै विविध धार्मिक विषयमा वार्तालाप गरिरहेका थिए । यसैबेला बायाँ काखमा सानो माटोको घडा च्यापेकी एक रुपसी सुन्दरी महामानवहरु रहेको ठाउँमा प्रवेश गरेर विनम्र भावमा आग्रह गरिन– ‘हे परमश्रेष्ठ पृथ्वीबासीहरु हो १ मैले यो माटोको घडामा जीवनरस भरेर ल्याएकी छु ।

म यो जीवनरस तपाईंहरुलाई ख्वाउन लालायित छु । के तपाईंहरु मेरो इच्छा पूरा गरिदिन सक्नुहुन्छ ?’ ती रुपसी अप्सराको प्रस्ताव सुन्नासाथ तीन महापुरुषका अनुहारमा भिन्न भिन्न प्रतिक्रिया देखियो ।

गौतम बुद्धले दुवै आँखा बन्द गरे । एकछिन ध्यानमग्न मुद्रामा लीन भए । अन्त्यमा अप्सराको आग्रह सरासर नकार्दै विनीत शैलीमा भनिदिए– ‘क्षमा गर देवी, म तिम्रो इच्छा पूर्ण गर्न सक्दिन । किनकी जीवन सारहीन छ, व्यर्थ छ ।

मेरो दृष्टिकोणामा जीवन नितान्त निरर्थक छ । जीवनको कुनै गूढ महत्ता र कुनै अर्थ छैन् ।’ कन्फ्यूसियसले आधा आँखा बन्द र आधा आँखा खुला राखे । उनी गोल्डेन मिनको सिद्धान्त मान्थे ।

जसको प्रकृति थियो– सधैं मध्य मार्ग । अद्र्धमुदित आँखाले अप्सरा तर्पm हेरेर उनले आफ्नो विचार पोखे– ‘पहिले एक घुट्को चाख्छु , यदि अगाडि पिउन योग्य लागे विचार गरौंला ।’ एक घुट्को जीवनरस चाखेपछि तटस्थ भावमा प्रतिक्रिया जनाए– ‘न छोड्न योग्य, न पिउन योग्य । कुनै सार पनि छैन् । पूर्ण रुपेण सारहीन पनि छैन् ।’

दुई महापुरुष विपरीत ताओ धर्मका प्रतिपादक लाओत्सेले पुरै घडा आफ्नो हातमा लिए । उनले केही नबोली घडाभित्रको जीवनरस सिनित्तै पारे । त्यसपछि उनी भावविभोर भएर नाच्न थाले ।

जीवनरसको मादकतामा गदगद भएका लाओत्सेले आफ्ना दुई मित्रलाई व्यंग्य हान्दै भने– ‘जसको लागि जीवनरस नै व्यर्थ या निरर्थक छ, उसले कुन कुरामा सार्थकता पाउन सक्छ ? फेरि उ जीवनलाई छोडेर खोजोस, अझ खोजोस् उ जति जति खोज्दै जानेछ, त्यति त्यति नै गुमाउँदै जानेछ, हराउँदै जानेछ ।

जीवन नै हो एकमात्र सारभूत तत्व, जीवन नै हो एकमात्र रस, जीवन नै हो एकमात्र परम सत्य अनि यही जीवनमा नै अन्तरनिहित हुन्छ– सारा संगीत, सारा सौन्दर्य अनि सारा आनन्द ।’

स्वर्गको रेष्टुराँमा देखिएको यो दृश्य अहिले नेपाल लोकका कांग्रेस, एमाले र माओवादी दलका बैठकमा हुबहु देखिने गरेको छ । शेरबहादुर देउवाका लागि कांग्रेस पार्टीको मुखिया बुद्धलाई जस्तै सारहीन र निरर्थक भएको छ । कांग्रेसजनहरु आफ्नै दलभित्र नागरिकताविहीन भएका छन् ।

पार्टी सभापति म्यानेजर नभएर कमिशन एजेन्टको खजान्ची भएको पीडा उनीहरुले खेप्नुसम्म खेपेका छन् । उनका गतिविधि काँग्रेस सभापतिको कुर्सीको विरासत सम्हाल्ने खालका छैनन् । दलको अकाट्य परिचय भनेको उसको सिद्धान्त र राजनीतिक दर्शन हो ।

काँग्रेस एमालेहरु खान्दानी पार्टी दरिनुको जमिन पनि त्यही हो । यिनीहरु सर्वोत्कृष्ट भएर जनताको बाडुलीमा सम्झिने सामथ्र्य राखेका चाहिँ पक्कै होइन । विकल्प नहुँदा भोटका हकदार भएका मात्र हुन् ।

पार्टी जन्माउनु जति सजिलो छ, जन अनुमोदित सिद्धान्त जन्माउनु त्यति कठिन काम हो । सूर्यबहादुर थापाजस्ता शेरले बाबुराम भट्टराई भन्दा दशकौं अघि नै जनशक्ति पार्टी खोलेकै हुन ।

सिद्धान्तमा चमक आउन नसक्दा त्यो मुर्झाएर गयो । आखिर सूर्यबहादुरको समग्र जीवनको परिचय त्यो पार्टीले नभइ राजाको विश्वासपात्र पञ्च खेलाडीमै सीमित रह्यो ।

काँग्रेसको सारथी शेरबहादुरले ज्वजल्यवान दर्शन र सिद्धान्त त पाए, तर तिनका लागि त्यो सम्पत्ति रुसी मुसलमानका लागि रुस्लान भोड्का जस्तै भयो । कुरानले मदिरा सेवन निषेध गरेको छ । तर रुसी मुसलमानहरु आफ्नो देशमा बनेको भोड्का जति खाए पनि पाप नलाग्ने भन्दै धार्मिक कानुन जबर्जस्त खुकुलो बनाएका छन् ।

काँग्रेसभित्र शक्तिको अभ्यास त्यस्तै किसिमले चल्ने गरेको छ । देउरालीको ढुँगामा यथेष्ट पाती चढाउ, भिमसेन खुसी भएपछि सबै काम तमाम् । अब चिनेको अर्थ छैन, जताततै किनेको काम परिपक्व बन्दै गएको छ ।

सुशील कोइरालाको नालायकीलाई भजाएर सभापति बनेका देउवाको कार्यकाल न हाँसको चाल, न बकुल्लाको चालमा रुपान्तरण हुँदै गएको छ । चुनाव जितेको भोलिपल्ट केन्द्रीय समितिलाई पूर्णता दिएर कमल थापाले देउवालाई राम्रैसंग प्रजातान्त्रिक पद्दति सिकाएका छन् ।

विधिको शासनमा लानुभन्दा पनि आपूmलाई शक्तिकेन्द्र बनाउनु देउवाको सोख हो । ज्ञानेन्द्रले दिएको असक्षम उपाधि उनको गतिविधिले बारम्बार झस्काउँछ । काँग्रेसभित्र पाएकाहरुमा पखेटा काटिने भय र नपाएकाहरुमा पाउने आसले तैं चुप मै चुपको मुर्दा शान्ति छ ।

आज पाएको परेवाभन्दा भोलि पाउने मुजूरको भ्रममा काँग्रेसजनहरु भुलेका छन् । केपी ओली कन्फ्यूसियसको जस्तो न निल्न सक्छन, न ओकल्न । औंसीको रातमा पूणिमाको गीत गाउनु उनको विशेषता बनेको छ ।

घाँटीमाथिका नेता मानिने ओलीका बचनबाण पार्टी पंक्तिका लागि मात्र लोरी हुने पक्का छ । सत्ताबाट झरेपछि अँगुर अमिलोको नियति बारम्बार देखिँदै आएको हो । जब सत्ता टाढा हुन्थ्यो, त्यतिबेला गिरिजाप्रसाद प्रधानमन्त्री पदलाई फाटेको जुत्तासंग तुलना गर्थे ।

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आपूmलाई स्थापित गराएका छन् । चुनावमा खुम्चिएर के भो ? उनले धेरै पटक एक्का र बास्सा बोकेर बसेका देउवा र ओलीलाई गुलामले कैंटे खाएर म्यारिजको बाजी मारेका छन् ।

अहिले दायाँ हातको लड्डु देउवा र बायाँ हातको कमल थापालाई बनाएर स्थार्थको रोटी सेकिरहेका छन् । ताओका कट्टर समर्थक लाग्ने यी पात्रले पितललाई सुन हो भन्ने दलील गर्दा कांग्रेस, एमालेले कसीमा घोट्न लैजाने सामथ्र्य यो दशकको राजनीतिमा देखाउन सक्ने छैनन् ।

बरु प्रचण्डको जालसाझी कागजमा ल्याप्चे लगाएर आपूm प्रचण्डदास बनेको बाछिटा पखाल्दैमा यो जूनी वित्ने पक्का छ । थाहा छैन– भोलि ज्ञानेन्द्रको गुमेको कुर्सी फिर्ता गर्न कमल थापासंग कुम जोडी राजतन्त्रसहितको गणतन्त्र भनेर उल्का जनवादी दर्शन ल्याए भने अचम्म नमाने हुन्छ । त्यो बेला कांग्रेस र एमालेका लागि नैतिकताको कति जमिन बाँकी रहन्छ ?

यो यस्तो देश हो, जुन देशका प्रधानमन्त्रीका सुयोग्य पुत्रको काम बाउको भाषण फेसबुकमा लाईभ गर्नु हुन्छ । देश चलाउने कार्यकारी निकाय हाम्रो र अरुको मान्छे तौलिनमा समय खर्चिन्छ ।

भुक्तभोगीहरुका अनुसार मुख्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिवले प्रधानमन्त्री भेट्न पहिला पुत्र बक्साउनु पर्छ । जागिरका लागि दिनदिनै मर्नुभन्दा बरु पैसाका लागि एक पटक मर्नु सोमलाल सुवेदीको विरक्तिको अर्को पाटो यो पनि हुनसक्छ ।

पुलिसको प्रमुख, न्यायालयका न्यायमूर्ति त जुझारु कार्यकर्ताको मापदण्डमा छानिन थालेपछि अरु एजेण्डामा पवित्रता खोज्नु मुख्याईं शिवाय केही होइन । वर्गीय र क्षेत्रीय हैसियतबाट उठ्न नसकेका देशका ठालु नेताको दिनचर्या हेर्दा लाग्छ, देशमा आजीवन पाँचवटा प्रधानमन्त्री पदको व्यवस्था अपरिहार्य छ ।

सुदूरपश्चिम बाहेक देश नदेख्ने शेरबहादुरलाई त्यहीँ सीमित किन नगर्ने ? गफका छुरा केपी ओलीलाई पूर्व जिम्मा लगाइदिने, बन्दुक र बारुदको रागबाट उम्कन नसकेका प्रचण्डलाई मध्य पश्चिम, एकातिर हिन्दु धर्मका नाममा गौमाताको भोट पनि तान्ने अर्कातिर प्रचण्डको गणतन्त्रले तयार तरेको त्यही गौमाताको बिफ पनि मुख छोपेर बजाउने कमल थापालाई उपत्यकाको राजनीति जिम्मा लगाइदिए टन्टै साफ । मधेशीलाई मधेश हैन, डीभी चिट्ठाजस्तै हुम्ला, जुम्ला पठाउनु पर्छ ।

मधेशी नेताले मधेशी जनताको कल्याण गर्नु र मुसाको अधिकारको दस्तावेज विरालाले तय गर्नु एउटै हो । अविश्वासको हुन्डरीले हान्यो भने आदर्शको बर्कोले एक सेकेण्ड पनि धान्दैन् । हुन पनि वंश राजनीतिको विनासले यस क्षेत्रका देशलाई प्रभावित पार्दै आएको छ ।

वंशको साख ओरालो लाग्न थालेपछि त्यो राजनीतिमा मात्र सीमित नहुने रहेछ । बलिउडमा पुस्तौनी राज गर्दै आएका पृथ्वीराज कपूरको खानदानमा पछिल्लो पुस्ताकी हटकेक करिना कपूर सिनेमा नपाएर गुन्द्रुकमा आइरन लाउनुपर्ने अवस्थामा पुगेकी छन् ।

बच्चन खान्दानकी बुहारी ऐश्वर्या राय त्यो परिवारको अदपमा रहन नसक्ने अवस्थामा पुगेको खबर बाहिर आउन थालेका छन् । बरु आफ्नै मेहनत र किस्मतमा अघि बढेकी नायिका दीपिका पादुकोण एउटा सिनेमा खेलेवापत आठ करोड हात लाउन थालेकी छन् ।

बलबाहुकै भरमा बलिउडमा दुई दशक यता एकछत्र राज जमाउँदै आएका तीन खान साहरुख, आमिर र सलमानको सानमा अलिकति पनि धमिरो लागेको छैन् ।

पुर्खाको ब्याजमा ढलीमली गर्छु भन्नेहरुले अब पनि आपूmलाई नसच्याउने हो भने डाइनोसर बन्ने निश्चित छ । अधर्मी मान्छे पुजारी हुँदैमा धार्मिक हुने होइन ।

बरु धामिर्क मान्छे पुजारी भयो भने देवताको इज्जत बढ्ने हो । भक्त बढ्न मन्दिर ठूलो नभइ देवता विश्वासी हुनुपर्छ । मान्छेको अनुहारको आयु दुई दशक पनि बाँकी रहँदैन तर असल विचार हजारौं हजार वर्षसम्म अजर अमर रहिरहन्छ ।

विचार पनि आखिर सुनजस्तै न हो, न यसमा खिया लाग्छ, न कहिल्यै पुरानो हुन्छ । नेता कस्तो हुनुपर्छ ? यस्तै भन्ने सर्वमान्य सिद्धान्त नै त छैन् । तर अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको साद्गी सधैं उर्जाशील उदाहरण बन्ने गरेको छ ।

दासप्रथाको अन्त्य गर्ने प्रवल संकल्प लिएर राजनीतिमा होमिएका लिंकनले राष्ट्रपतिको सपथ लिए । पदको सपथ गरेर जब उनी औपचारिक सम्बोधनका लागि उभिएका थिए, प्रतिपक्षका एक सांसदले अपमान गर्ने उद्देश्य राखेर ललकार्दै भने– ‘लिंकन, सौभाग्यवश तपाईं हाम्रो देशको सर्वोच्च पद प्रेसिडेन्टमा निर्वा्चित हुनुभयो । तर यो कुरा कथंकदाचित नविर्सनु होला कि तपाईंको पिता चमार हुनुहुन्थ्यो ।’ यसखाले अपमानपूर्ण कटाक्षलाई लिंकनले उत्तेजित हुनु सट्टा सहज भावमा लिए । बरु उनका आँखाबाट बर्रर्र आँसु छल्कियो ।

आँसुमिश्रित आँखाले हेरेर ती सांसदलाई सम्बोधन गर्दै भने– ‘धन्यवाद महाशय, अमेरिकाको प्रेसिडेन्टमा चुनिएको खुसीमा मैले आफ्नो गरिब पितालाई बिर्सन पनि सक्थें । तपाईंले अति उपयुक्त समयमा मलाई मेरो गरिब पिताको याद दिलाउनु भयो । तपाईंलाई मेरो मुरी मुरी धन्यवाद छ श्रीमान ।’

उनको बोली अभैm रोकिएन । विनीत भावमा उनी बोल्दै गए– ‘मेरो गरिब पिता तन, मन र बचनले प्रतिवद्ध तथा आफ्नो कर्मप्रति समर्पित पूर्ण चमार हुनुहुन्थ्यो । तर म एक पूर्ण राष्टपति बन्न कदापि सक्ने छैन् । मलाई यस्तो लाग्छ कि एक अपूर्ण राष्ट्रपतिभन्दा एक पूर्णँ चमार श्रेष्ठ हुन्छ ।

मेरो गरिब पिताले सिउनु भएको जुत्ता म देखिरहेको छु कि तपाईंले लगाउनु भएको छ । यदि त्यो कतै फाटेको छ भने भन्नुहोस् ताकि म सिलाई दिउँ ।’ लिंकनको जवाफ सुनेर आक्षेप लगाउनेको शिर श्रद्धाले निहुरियो ।

नेपालमा खरिदार कृष्णप्रसादका तीन छोरा प्रधानमन्त्री भए । खरिदार कृष्णप्रसादले औलो रोगको खानी मानिने विराटनगरलाई शहरमा परिणत गरे । भारतबाट शिक्षक मगाएर आदर्श स्कुल खोलेर शिक्षाको ज्योति जगाए । तर तीन भाइ प्रधानमन्त्रीले किताव र भाषणमा विराटनगरलाई अत्यन्तै स्नेह देखाए । तर व्यवहारमा विराटनगरको भौतिक संरचनामा एउटा इँटा थप्ने काम पनि गरेनन् । त्यसैको परिणाम विराटनगर महानगर हुनबाट बन्चित भयो ।

हराएको मानिस भेटिएको सूचना दिनुप¥यो भने एउटा थिति ठेगानको चिरस्थायी संरचना विराटनगरमा आजसम्म बनेको छैन् । बीपी राजीतिक व्यवस्थापनमा कच्चा ठहरिएकै हुन् । तर बहुलवादको बुलन्द आवाजले उनलाई लोकतन्त्रको ध्रुवतारा बनायो । के बालक, के युवा, के बृद्ध सवै माझ उनी उत्तिक्कै लोकप्रिय भए ।

जेलबाट मन बहलाउन लेखेका दस्तावेजले बीपीलाई जनमानसमा स्थापित गरायो । सिगरेटको खोलदेखि सुकेको पातसम्म उनको भावनाका संवाहक बने । आपूmले रणमा खटाएको कार्यकर्ताले मैदानमा वीरता पाएको खबरसंगै बीपीको हस्ताक्षरयुक्त चिट्ठी स्वजनको हातमा पुग्थ्यो । मर्दाको मलामी र बाँच्दाको जन्तीमा उनले कहिल्यै आपूmलाई दोस्रो बनाएनन् ।

कहिले आपूm जेल हुँदा एकांकी जीवन बाँचेकी पत्नीलाई आशाको सञ्चार भर्न पत्र लेखे । छोरी चेतनालाई बाउको कर्तव्य निभाउँदै बालसुलभ पत्र लेखे । पत्र व्यक्तिको भएपनि त्यसमा धेरैको आवाज मिसिएको थियो ।

जुन पत्रमा उनले वालमनोविज्ञान, समाज र संस्कृतिका विषयमा जानकारी गराएका थिए । आमा भनेको के हो ? यो प्रश्नको जिज्ञासा मेटाउँदै बीपीले छोरीलाई पठाएको पत्रमा लेखेका छन्– ‘यौटी स्वास्नीमानिस मात्र तिमी आमा हुन, जसको नाउँ छ सुशीला ।

यदि विज्ञानको कुरा गर्ने हो भने तिमीलाई धेरै खाँचो पर्दैन आमा कोहो भन्ने बुभ्mन । तिम्रो मनको मायाको आँखाले सुशीलालाई आमा भनेर देखेको छ । तर विज्ञान अथवा साइन्सले आमा भन्ने को हो भन्ने चिन्न खोज्दा मनको मायाको आँखाले हेर्दैन । त्यसले अर्कै किसिमबाट आमा भन्ने मानिसलाई चिनाउँछ ।’

पेट सारंगी भएकाहरुका लागि एकमुट्ठी माड, आङमा भ्वाङ परेका लागि एक शरीर टालो र तिर्खाएकाहरुका लागि एक गिलास जल नै लोकतन्त्र हो । अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरुले कन्याउने सुकेलुतो मात्र हो ।

तिनीहरुलाई के थाहा सत्य मान्छेपिच्छे फरक हुँदैन । ती पटमूर्खहरु त अनुहारमा पोतिएको कालो देख्दैनन, तर रातदिन ऐना पुछिरहन्छन् ।

[email protected]

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News