यसरी हुँदैछ लेगुवा– भोजपुर सडक कालाेपत्रे (फाेटाे फिचर)



युवराज विष्ट
भोजपुर, चैत्र १७
लेगुवा – भोजपुर निर्माणधिन सडकको ६० प्रतिशत काम सम्पन्न भएको छ । सडकको ४ किलोमिटरमा वेस हाल्ने काम सम्पन्न भएको छ, भने ३४ किलोमिटरमा सव वेस हालिएको लेगुवा भोजपुर सडक आयोजनका प्रमुख विजय कुमार महतोले वताए ।

त्यस्तै सडक चौडा वनाउने, कलभट राख्ने, कजओए वनाउने लगायतको काम भईरहेको छ । सडकको ६५ दशमलव ५ किलोमिटर कुल लम्वाई मध्ये अव १० किलोमिटर मात्र चौडाइको काम वाँकी रहको प्रमुख महतोले जानकारी दिए ।

जरायोटारको सिम्टारबाट लेगुवा तर्फ १० किलो मिटर दुरीमा वेस हाल्ने काम भईरहेको छ । सडक निर्माणको पहिलो सम्झौता मिति सकिन २ महिना वाँकी भए पनि भारतीय नाकावन्दी र भुकम्पको कारण पुनः ८ महिना समय थपिएको थियो ।

थप भएको मिति अनुसार कम्पनीले २०७४ साल माघ १ गते सडकको सम्पुर्ण काम सक्नु पर्नेछ । निर्माण कम्पनीले वर्षातको समय शुरु भएकोले काममा केहि समस्या भएको जनाएको छ । तर वन्द हडताल लगायतले अवरोध नगरेमा तोकिएकै समयमा काम सक्ने निर्माण कम्पनीका म्यानेजर हरिभक्त पोखरेलले जानकारी दिए ।

सडकको कालो पत्रे गर्न भोजपुरको लेगुवामा भएको गीटी कम गुणस्तरको भएकोले मोरङ्गको चिसाङ्गबाट गीटी ल्याएर कालो पत्रेको काम भईरहेको कम्पनीले जनाएको छ ।

सडक निर्माणको जिम्मा संयुक्त रुपमा टेन्जीङ्ग, रमन र कन्काई कम्पनीले लिएको छ । हाल निर्माणको काम कन्काई कम्पनीले मात्र गरि रहेको छ ।

कम्पनीले लेगुवा भोजपुर सडकको ६५ दशमलव ५ किलो मिटरमा काम गर्नु पर्नेछ । सडक एडिबीको ९९ करोड ४४ लाख ६७ हजार ५ सय लगानीमा निर्माण भईरहेको छ ।

कभर फाेेटाे उत्तम खड्का

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News