रेडियाे भाेजपुरका पत्रकारले किन दिए सामूहिक राजिनामा ?



भाेजपुर, चैत्र २१

भाेजपुर सदरमुकाममा सञ्चालित रेडियाे भाेजपुर ९३.८ मेगाहर्जमा कार्यरत पत्रकारहरूले सामूहिक राजिनामा दिएका छन् । रेडियाेमा कार्यरत एक महिला सहकर्मीकाे अश्लिल सामाग्री सार्वजनिक भएकाे र व्यवस्थापनले उक्त कुरालार्इ बेवस्ता गरी ढाकछाेप गर्न खाेजेकाे भन्दै साेमबार स्टेशन म्यानेजर सहित पाँच जनाले सामूहिक राजिनामा दिएका छन् ।

राजिनामा दिनेहरूमा स्टेशन म्यानेजर सरस्वती तामाङ, बजार व्यवस्थापक सर्मिला तामाङ, कार्यक्रम प्रस्ताेता विरेन्द्र खड्का, प्राविधिकहरू पदम तामाङ र चिन्तन बस्नेतलेे राजिनामा दिएका हुन् ।

गलत कार्यकाे भण्डारफाेर गर्दा उल्टै अध्यक्षले कालाे गए गाेराे अाउँछ जस्ता शव्दहरूले अपमानित भएकाे भन्दै विज्ञप्तीमा भनिएकाे छ , जनतालार्इ सत्य तथ्य सूचना प्रवाह गर्नु पर्ने रेडियाेमा अब काम गर्ने वातावरण रहेन्, अाजकै मितिदेखी सामूहिक राजिनामा दिएकाे जानकारी गराउँदछाैं ।

राजिनामा दिने पत्रकारहरूले अाफूहरूकाे पारिश्रमिक र कार्य अनुभवकाे प्रमाण पत्र समेत उपलब्ध गराउन माग गरेका छन् । यसैबिच रेडियाेका अध्यक्ष कैलाश अालेले रेडियाेमा कार्यरत पत्रकारहरूले सामूहिक राजिनामा दिएकाे स्विकार गरेका छन् ।

उनले भने स्टेशन म्यानेजर सहित पाँच जनाकाे राजिनामा अाएकाे छ, कालाे गए गाेराे अाउँछ, म एक्लैले राजिनामा स्विकृत हुँदैन् बाेर्डमा राखेर छलफल हुन्छ ।

रेडियाे भाेजपुरमा कार्यरत पत्रकारहरूले यसअघि पनि राजिनामा दिएका थिए । सम्पादकिय स्वतन्त्रता नभएकाे भन्दै यसअघि सरिता रार्इले रेडियाे छाडेकी थिइन भने गुट नमिल्दा काम गर्न असहज भएकाे भन्दै समाचारका अर्जुन बस्नेतले पनि रेडियाे छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News