कांग्रेसले सुरु गर्‍यो निर्बाचन बारे प्रशिक्षण



डडेल्धुरा, चैत्र २६
डडेल्धुरा जिल्लामा नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई स्थानीय निर्वाचनसम्बन्धि प्रशिक्षण दिन अन्तरक्रिया थालेको छ । कांग्रसले स्थानीय निर्वाचनमा लागि आकांक्षी रहेका नेता तथा कार्यकर्तालाई प्रजातन्त्रको बहाली पश्चात हालसम्म गरेका कामको जानकारी र पैरबीका लागि निर्देशन दिएको हो ।

निर्वाचनका लागि घोषणापत्र तयार पार्न राय सुझाव सल्लाह संकलन गरिएको डडेल्धुरा कांग्रेसका सभापति कर्णबहादुर मल्लले जानकारी दिए । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले पाउने टिकटका सम्बन्धमा मापदण्ड बनाउने, पार्टीको बिधान व्यवस्था, संबैधानिक प्राबधान लगायतका कुरामा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News