राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने समय थपियो



काठमाडौ, चैत्र २६
निर्वाचन आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने समय थप गरेको छ । यसअघि हस्ताक्षर बुझाउने समय आजसम्मका लागि तय गरिएको आगामी चैत्र ३० गतेसम्म हस्ताक्षर पठाउन सकिने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता दलको आधिकारिक उम्मेद्वार पहिचान गर्न सजिलो होस् भन्ने उदेश्यले हस्ताक्षरको व्यवस्था गरेको हो । अहिलेसम्म झण्डै दुई दर्जन दलले आयोगमा हस्ताक्षर बुझाइसकेको जनाइएको छ ।

यसैबीच निर्वाचन आयोगले स्थानीयन तह निर्वाचनका लागि अन्य जिल्लाको काम सकिएपछि मात्र २ नम्बर प्रदेशको लागि तयारी सुरु गर्ने जनाएको छ । मतदानस्थल निर्धारण भएका जिल्लाको मतदाता नामावली र परिचयपत्र छपाईको काम भैरहेकाले २ नम्बर प्रदेशको काम पछि मात्रै सुरु हुने आयोगले जनाएको छ ।

२ नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र टुंगो लाग्न नसक्दा आयोगले ती जिल्लाका लागि मतदाता परिचयपत्र र नामावली छाप्ने काम थाल्न सकेको छैन । आयोग स्रोतका अनुसार यो महिनाभरीमा दुई दुई नम्बर प्रदेशको काम पनि सुरु हुनेछ ।

वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने र वैशाखको पहिलो हप्तादेखि मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने तालिका भएकाले त्यो बेलासम्म २ नम्बर प्रदेशको काम पनि सक्ने आयोगको तयारी हो ।

२ नम्बर प्रदेशका सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा सरकारले मतदान केन्द्र टुंगो लगाउन नसकेपछि आयोग आफैले प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएर केन्द्र टुंगो लगाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News