बैशाखदेखि हिमालय एयरलाईन्सको दैनिक दुबईमा उडान हुने, कति छ भाडादर ?



काठमाडाैं, चैत्र २४
हिमालय एयरलाईन्सले अप्रिल २८,२०१७ (२०७४ बैशाख १५) देखि काठमाण्डौँ–दुबई दैनिक उडान गर्ने भएकाे छ । एयरलार्इन्सकाे दोहा, क्वालालम्पुर र याङगुनको नियमित उडान पछि दुबई, नयाँ उडान गन्तव्य हुनेछ ।

दैनिक सेवाको सुरुवात सँगै हिमालय एयरलाईन्सले तिन वटा एअरबस ए–३२०–२१४ मध्ये एउटा एअरबस यस मार्गमा सच्चालन गर्नेछ, जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको छ ।

यस एअरलाईन्सको उडान नम्बर एच ९ ५५७ (१०ः४०) स्थानीय समयमा प्रस्थान गरी दुबईमा १३ः२५ स्थानीय समयमा अवतरण गर्नेछ ।

त्यसैगरी उडान नम्बर एच ९ ५५८ दुबर्ईबाट १४ः२५ स्थानीय समयमा प्रस्थान गरी काठमाण्डौँमा २०ः२० स्थानीय समयमा अवतरण गर्नेछ ।

अहिलेसम्म नियमित उडान तालिकाको अभिलेखनुसार एअरलाईन्सको उडान तालिका औसत उचाई माथि छ र त्यही स्तरको विश्वसनीयता र नियमिततालाई निरन्तरता दिने उदेश्य राखिएको हिमालय एयरले जनाएकाे छ ।

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन् “दुबई, पर्यटन र व्यापार यात्राको लागी सबैभन्दा रोमान्चक गन्तव्यहरुमध्ये एक हो, हामी हाम्रा यात्रुवर्गहरुलाई प्रतिस्पर्धी विकल्प उपलब्ध गराउने कुरामा गर्वको अनुभुति गर्दछौ ।

हामी आशावादी छौ, हाम्रो नयाँ उडान क्षेत्र मार्फत नयाँ यात्रुहरु आगमन भई नेपालको अर्थव्यवस्थामा योगदान पुयाउनुका साथै एकै समयमा दुबै आगमन र बहीगर्मन यात्राको लागी राम्रो बजार हुनेछ ।”

उक्त्त एअरलाईन्सले काठमाण्डौ( दुबर्ई (काठमाण्डौको लागि शुरुवाती टिकटदर २४,८२७ (राउण्ड ट्रिप) र दुबई (काठमाण्डौ (दुबईको लागि शुरुवाती टिकटदर एइडी ३५० कायम गरेको छ ।

उक्त भाडा दरमा सरकारी कर समावेश गरिएको छैन । एअरलाईन्सले Fishtail Travel and Tourism LLC  लाई दुबर्ईको लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ ।

जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News